coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान

डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गरेका छन्।  

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन्।

उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए। शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको उनले आरोप लगाए। शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे।  

डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताए। उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे। उनले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे। 

प्रकाशित: २९ कार्तिक २०७९ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App