२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

विकासको लागि मेरो जित आवश्यक छ: विनोद चौधरी

फाइल तस्बिर।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिब्रता दिएका छन्।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन्। चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताए। उद्योगपतिसमेत रहेका काँग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए। विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको उनको भनाइ छ।।

काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी–१ का मतदातामा उत्साह देखिएको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App