४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङमा खटिए १५ जना महिला मतदान अधिकृत

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ताप्लेजुङमा १५ जना महिला मतदान अधिकृत खटिएका छन्। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार १ सय २३ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका हुन्।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङलिङ नगरपालिका वडा नं ६ कर्भडहल दाहाल गाउँ ‘ख’ मतदान केन्द्रमा सरिता कट्टेल,फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवास्थित जनता मावि ‘ख’ मतदान केन्द्रमा बिजया राई, फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलास्थित सिम्बु मावि तेम्बेवा ‘क’ मतदान केन्द्रमा मञ्जु गुरुङ मतदान अधिकृत खटिएका छन्।  

यस्तै फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित महेन्द्र आधारभूत बिद्यालय ‘क’ मतदान केन्द्रमा सञ्जु राई, फक्ताङलुङ गाउँपालिका वडा नं ७ स्थित ओलाङचुङगोला वडा कार्यालय मतदान केन्द्रमा बिना कार्की,सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवास्थित सिद्धेश्वरी मावि मतदान केन्द्रमा लासाङ तामाङ र सिदिङ्वा गाउँपालिका वडा नं ३ आङखोपस्थित सिंहेश्वरी मावि ‘ख’ मतदान केन्द्रमा मायादेवी पाठक प्रसाँई मतदान अधिकृत खटिएका छन्।  

सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम बहुमुखी क्याम्पस ‘ख’ मतदान केन्द्रमा गीता अधिकारी, सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङस्थित ‘क’ मतदान केन्द्रमा स्वष्तिका अधिकारी,आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ स्थित छातेढुङ्गा मावि ‘क’ मतदान केन्द्रमा लक्ष्मीमाया वनेम र यस्तै फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबु सङ्साबुस्थित सुनदेवी मावि मतदान केन्द्रमा कविता ओझा मतदान अधिकृत खटिएका छन्।  

आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ स्थित दुर्गा मावि फुलवारी ‘क’ मतदान केन्द्रमा लक्ष्मीयामा गोम्देन,मिक्वाखोला गाउँपालिका वडा नं १ स्थित मोति मावि खोक्लिङ ‘ख’ मतदान केन्द्रमा प्रेमकुमारी लिम्बू,मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेपस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रमा रामकला कार्की र फुङलिङ नगरपालिका वडा नं २ स्थित बासुसं मावि मेदिबुङ ‘ख’ मतदान केन्द्रमा बिद्या भण्डारी मतदान अधिकृत खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ताप्लेजुङमा ७५ मतदान स्थलमा १ सय २३ मतदान केन्द्र रहेका छन्।  

यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन व्यवस्थापन समितिले मतदान केन्द्रहरुमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि मतदान प्रकृया र व्यवस्थापन सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पहिलो चरणमा कात्तिक २६ गते र दोस्रो चरणमा कात्तिक २८ गते अनुशिक्षण गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले जानकारी दिए।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्या,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रेग्मी,जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल सहितले मतदान प्रकृया र व्यवस्थापन सम्वन्धी अनुशिक्षण गराएका छन्। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ ८८ हजार २ सय ८५ मतदाता रहेका छन्।  

प्रकाशित: २८ कार्तिक २०७९ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App