१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती

सर्लाही क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती थपिदिएको छ। पाँचदलीय सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमाले–जनता समाजवादी पार्टी गठबन्धनलाई स्वतन्त्र उम्मेदवार सुरेशराज शर्मा अधिकारीले टक्कर दिँदै छन्।  

अधिकारी राष्ट्र र नागरिकमुखी व्यवस्थाका लागि आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताए। राजनीतिक दलका पुराना उम्मेदवारबाट रुष्ठ मतदातालाई अधिकारीले आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन्। शीर्ष नेतृत्वको अधिनायकवादी कार्यशैली, अपारदर्शी सन्धी सम्झौताको खिलाफ छुँ उनले भने,‘ मुलुकको अर्थव्यवस्था बलियो बनाउने प्रणाली बनाउन प्रयत्न गर्नेछु। खोला बेच्ने तर हाइड्रो नबनाउनेजस्ता प्रवृत्ति गलत हो, उनले भने। देशमा असल शासन बहाल भएको देख्न चाहनेहरु आफ्नो पक्षमा मतदान गर्नेमा उनी ढुक्क छन्।

अहिलेका राजनीतिक दलका नेताहरुका कारण देश संकट उन्नमुख भएको उनको टिप्पणी छ। ‘अब सचेत नागरिक राजनीतिमा अघि बढेर थिती बसाल्नुपर्ने उनको भनाइ छ। उनले भने‘हामी अगाडि नबढे को बढ्ने ?’  

अधिकारी सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि माछा चुनाव चिन्ह पाएका छन्। क्षेत्रगत विकास निर्माणका काम गर्ने, केन्द्रीय नीति निर्माणमा खबरदारी गर्ने एजेण्डलाई उनले मतदातासम्म पुर्याउँदै मत मागिरहेका छन्। विकास बजेटमा हुने अनियमितता र चुहावट नियन्त्रण गरेर विकास निर्माणलाई गति दिनेमा उनले मतदातालाई आश्वस्त पारिरहेका छन्।  

उनले राष्ट्रियताका सवालमा देश हितको नीति बनाउन भुमिका खेल्ने बताए। मधेसी– पहाडीको नकारात्मक भावनालाई हटाएर मिलापपूर्ण क्षेत्रगत विकास आफ्नो प्राथमिकता रहेको उनले बताए। ‘बेरोजगार युवाहरुलाई आवश्यक रोजगारी दिने रोजगारी दिन नसके बेरोजगार भत्ताको व्यास्थाका लागि भुमिका खेल्ने उनी मतदातामाझ बाचा गरिरहेका छन्। आफू निर्वाचित भए राज्यलाई यो नीति ल्याउन दवाव दिने उनले बताए। अहिले दलीय व्यवस्थामा जथाभावी राजस्व उठाएर व्यवसायलाई दुत्साहन गर्न खोजिएको छ। स्थानीयस्तरमा कृषि, पशुपालनजस्ता कुराहरुमा पनि ध्यान नदिइएको उनको भनाइ छ।  

प्रकाशित: २७ कार्तिक २०७९ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App