coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देश विकासका लागि गठबन्धनको जित आवश्यक: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन्।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौँ महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका नेता सिंहले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए। “आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि जनताले चुनेर पठाएका प्रतिनिधि संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्न, संस्थागत गर्न र प्रगतिको पथमा अघि बढ्नुपर्छ”, उनले भने। आगामी निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न उनले आग्रह गरे।

नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न कांग्रेस नेतृत्वको गठबन्धन लाग्ने बताए। उनले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अगाडि बढाएमात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए। उनले गणेशमान सिंहले मुलुक र जनताका लागि गरेको योगदानलाई आम जनतामाझ लैजानुपर्ने उल्लेख गरे।

प्रकाशित: २४ कार्तिक २०७९ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App