१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

विराटनगरमा आयोजित सर्वदलिय छलफलमा सहभागिहरू। तस्बिरः चुमन बस्नेत/नागरिक

चुनाव प्रचारका क्रममा  मोरङमा आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ। आइतबार विराटनगरमा आयोजित  राजनीतिक दलहरूसँगको छलफलमा निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएको हो।  

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले चुनाव प्रचारका क्रममा उम्मेदवार तथा राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरिरहेको उजुरी निर्वाचन कार्यालयमा परेको जानकारी दिए। अधिकारीका अनुसार हालसम्म १५ वटा निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी आएको बताए। अधिकारीले विशेष गरी उम्मेदवारहरूले सिटी रिक्सामा व्यानर,झण्डा राख्ने, माइकिङ् गर्ने, मोटरसाईकल ¥याली गर्ने लगायतका आचारसंहिता विपरितका गतिविधि गरिरहेको निर्वाचन अनुगमन समितिको अनुगमनका क्रममा पाइएको छ।  

यस्तै आचारसंहिता उल्लंघनका उजुरीहरू पनि मौखिक र लिखितरुपमा आएको अधिकारीले बताए। उनले भने ‘उम्मेदवारहरूले चुनाव प्रचारका क्रममा सिटिसफारीमा झण्डा, व्यानर र ठूला पम्पलेटहरू राखेर माइकिङ् गरिरहेको र त्यस्ता गतिविधिलाई निरन्तरता दिइरहे कारबाहीको भागिदार हुनुपर्नेछ।’ अधिकारीले निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई १ लाख रुपैयाँसम्म नगद जरीवानालगायतका कारबाही हुने कानुनी व्यवस्था रहेको बताए।  

मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले निर्वाचन आचारसंहिता पालना गर्दै चुनावका गतिबिधिहरू सञ्चालन गर्न सबैलाई आग्रह गरे। उनले निर्वाचन आचारसँहिता , राजनीतिक दल, उमेदवार, कर्मचारी,पत्रकार सबैलाई लाग्ने भएकाले आचारसँहिताको सबै पक्षलाई पालना गर्न आग्रह गरे। छलफलमा मोरङका विभिन्न राजनीतिकदलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।  

प्रकाशित: २१ कार्तिक २०७९ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App