coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संगठन बलियो भएमात्रै पार्टी बलियो हुन्छ: ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संगठनलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताउँदै संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी बलियो हुने धारणा राखेका हुन्।

संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए।

एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो। पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गरे। उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गरे। 

प्रकाशित: २० कार्तिक २०७९ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App