१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा एमालेका नगर कमिटीका उपाध्यक्ष सहित सयौ जना नेकपा एसमा प्रवेश

फोटोः प्रसौनी गाउँपालिका १ मा एमाले र जसपाबाट पाँच दलिय गठबन्धनमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै नेता श्रेष्ठ र सोनल।

नेकपा एमालेका जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष सहित सयौ जना  नेता,कार्यकर्ताहरुले  नेकपा एकिकृत समाजवादीमा शनिबार प्रवेश गरेका छन्।  

जीतपुरसिमरा उपमहानगरपालिका  ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २६० भन्दा बढि एमालेका  नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन्।

सत्ता गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किशान)ले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका छन्। नेकपा एसमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरि सहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले नेकपा एमाले विकास विरोधी पार्टी भएको एमालेबाट देश बिकास नहुने बताए। देशको बिकासको लागि पाँच दलिय गठबन्धनका उम्मेदवारहरु बिजयी हुनु पर्ने श्रेष्ठले बताए। नेकपा एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादी प्रवेश गरेका बिरेन्द्र गिरिले एमालेमा अराजकता र अनुशासन हिनता बढेकोले आफुले एमाले छाड्नु परेको बताए।

शनिबारै प्रसौनी गाउँपालिका १ नकटुवामा पनि नेकपा एमाले  र जसपा पार्टी परित्याग गरेर सयौ जना पाँच दलिय गठबन्धनमा प्रवेश गरेका छन्। नव प्रवेशीहरुलाई गठबन्धनबाट प्रतिनिधी सभाका उम्मेदवार श्रेष्ठ र प्रदेश सभाका उम्मेदवार लोसपा नेता जितेन्द्र सोनलले टिका र माला लगाएर स्वागत गरेका छन्।

त्यसै गरि परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरेका छन। पुर्व वडा सदस्य समेत रहेका कुर्मीलाई लोसपाका मधेश प्रदेश अध्यक्ष एंव पूर्व मन्त्री जितेन्द्र सोनलले कुर्मीलाई टिका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्।

निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका उम्मेदवार बनेका नेता श्रेष्ठले क्षेत्रकै मतदाताहरुले गठबन्धनलाई रुचाएकोले एमाले र जसपा परित्याग गरेर गठबन्धनमा प्रवेश गर्ने कार्य शुरु गरेको दाबी गरेका छन्।

प्रकाशित: १९ कार्तिक २०७९ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App