१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ।  

आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उमेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजसमेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो।

'निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ। संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानुनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुनबाहेकका कानुनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ,' आयोगको स्पष्टीकरणमा भनिएको छ।

आयोगले शाहलाई 'इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ? हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उमेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ?' भनेर स्पष्टीकरण सोधेको हो।

आयोगले शाहलाई दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध गरेको छ। 

प्रकाशित: १९ कार्तिक २०७९ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App