२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

समृद्धिका लागि साझा गठबन्धन: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा समृद्धि र स्थिरताका लागि साझा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ का विभिन्न स्थानमा आज आयोजित सभामा उनले सुनसरी निर्वाचन क्षेत्र नं ४ लाई विराटनगर–धरानसँग जोड्न कुनै कसर बाँकी नराख्ने भन्दै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, र सञ्चार क्षेत्रको धेरै काम गरेको बताए।

उनले प्रकाशपुर बजारलाई व्यवस्थित बनाउन चक्रपथ निर्माण गर्ने भन्दै विकास र समृद्धिका लागि भ्याएसम्म काम गर्ने बताए। यस क्षेत्रमा रहेका प्रशस्त सम्भावनालाई अवसरमा बदल्ने उनको भनाइ थियो।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभाका उम्मेदवार सदानन्द मण्डलले झुठो र लालच बाँढ्ने उम्मेदवारसँग सावधान रहन आग्रह गरे। विगतमा नेपाली कांग्रेसले वर्चस्व स्थापना गरेकोे यस क्षेत्रमा साझा गठबन्धनका उम्मेदवारले विजय हासिल गरे मात्र विकास र समृद्धि हासिल हुने उनको भनाइ थियो। 

प्रकाशित: १८ कार्तिक २०७९ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App