२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सञ्चार मन्त्री कार्कीलाईं चुनौती दिर्दै कुसियत

सुनसरी क्षेत्र नं. ४ मा चुनाबी नतिजा कस्तो आउँला? सवैको चाँसोको विषय बनेको छ। नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनबाट एमालेका जगदीस कुसियत प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दैछन्। जसले गर्दा सवैको चर्चा र चाँसोको विषय बनेको हो।

काँग्रेसले क्षेत्र नं. ४ लाईं आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ। निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनले उक्त बिरासत जोगाउने कसरतमा छ। एमाले नेतृत्वको गठबन्धन यसपटक काँग्रेसको विरासत भत्काउने रणनीतिमा छ। दुवै गठबन्धनले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ।

२०७४ सालको निर्वाचनमा मन्त्री कार्कीले क्षेत्र नं. ४ बाटै बाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाईं हराएर बिजयी भएका थिए। कार्की त्यतिबेला प्रतिकुल अवस्थामा समेत सहजतापूर्वक जित निकालेकाले यसपटक झन सहज हुने बताउँदै आएका छन्। तर, उनका लागि यसपटक जित हात पार्नु चुनौतीपूर्ण बन्दै आएको छ।

काँग्रेस नेतृत्वको सरकार बनेका बेला पटकैपिच्छे मन्त्री बनेका र प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिने कार्की पाँच वर्षको अवधिमा आफूले प्रतिबद्दता गरेका ८० प्रतिशत वाचा पूरा गरेको जनाउँदै मतदातामाँझ पुगीरहेका छन्। उनी र उनका सर्मथक हरेकजसो कार्यक्रममा कार्कीलाईं फेरि पनि काँग्रेस नेतृत्वको सरकार बन्दा मन्त्री ‘कन्फम’ भएको दावी गरेर मतदातामाँझ पुगी रहेका छन्।

अर्कातिर, एमाले सुनसरी जिल्ला इन्चार्ज, अन्तर्राष्ट्रिय छवि बनाएका दिंवगत नेता गिरीजाप्रसाद कोइरालासँग चुनाबी प्रतिस्पर्धा गर्दा २०५१ मा झिनो मतले हारेपनि २०५३ सालको उपनिर्वाचनमा बिजयी भएका र रैथाने नेता भएको जनाउँदै कुसियत नेतृत्व टीम मतदाता रिझाउनेमा व्यस्त छन्। कुसियत २०७४ सालमा क्षेत्र नं. ४ ‘क’ बाट विजयी भएर एमाले नेतृत्वको प्रदेश नं. १ सरकार हुँदा वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री भएका थिए।

काँग्रेस नेतृत्वको गठबन्धनले काँग्रेसको विरासत भएको क्षेत्र र गठबन्धन अनि नेता कार्कीले पाँच वर्षको दौरानमा गरेका कामसँगै जनतासँगको प्रत्यक्ष घुलमिलले चुनाब जित्ने दावी गर्छन्। ‘हाम्रा नेता ज्ञानेन्द्रबहादुर कार्कीले चुनाब जितेपछि विकासले क्षेत्र नं.४ मा फड्को मारेको छ, जसले गर्दा काँग्रेसले सहजै जित्नेछ,’ नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीले भने, ‘ज्ञानेन्द्र कार्कीले चुनाब जित्नुभन्दा अघि र जितेपछिको विकास मूल्यांकन गरेर मत दिँदा पुग्छ ।’ काँग्रेसका निम्ति क्षेत्र नं.४ मा पर्ने स्थानीय तहको बराहक्षेत्रबाहेक अन्य सबै स्थानमा प्रमुख र उपप्रमुख जित्नुको साथै बराहक्षेत्रमा प्रमुख जित्दा पनि लाभ पुगेको जनाइएको छ।

एमाले नेतृत्वको गठबन्धनले रैथाने नेता, जनता समाजवादी पार्टीसँगको गठबन्धन अनि कुसियत प्रदेश सरकारको मन्त्री हुँदा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर साढे तीन वर्षमा गरेका राष्ट्रिय हित कार्यले गर्दा जितमा सहज हुने बताउँछन्। ‘म जनतामाँझ स्थापित भइसकेको, प्रदेश सरकारको मन्त्री हुँदा सबै वडामा बिकासको योजना ल्याएको र जनताले उत्साही बनाएकाले गर्दा जित सुनिश्चित छ,’ कुसियतले भने। उनका अनुसार पछिल्लो समय एमालेको संगठन क्षेत्र नं.४ मा सुधार हुँदै गएको र जसपाको पनि राम्रो भएकाले गर्दा जितमा सहजता छ।

चुनावी सरगर्मी बढीरहँदा मन्त्री कार्कीले अब आफ्नो ध्यान गरिबी नियन्त्रण र बेरोजगारी समस्या समाधान गर्नका केन्द्रीत हुने मुख्य मुद्दा अघि सारेका छन्। र, उनले बिकास गर्नका लागि अन्तर्राष्ट्रिय समर्थन चाहिने त्यो काँग्रेसलाई बढी हुने भएकाले काँग्रेसका पक्षमा मतदान गर्न मतदातालाई आह्रवान गर्दै आएका छन्।

एमालेका उम्मेदवार कुसियतले कोशी बाढी पीडित, कोशी टप्पुमा जंगली जनावर पीडितको दीर्घकालिन समस्या समाधान, ग्रामीण सडकको विस्तार, गरिवी र बेरोजगारीलाई मुख्य मुद्दा अघि सारेका छन्।

चुनाबी अभियानमा सक्रिय रहँदा मन्त्री कार्की यतिबेला विशेषगरी कार्यक्रमलाई बढी प्राथमितामा राखेका छन्। कार्कीले अब चुनाब जितेपछि पाँच वर्षमा गरेको कामभन्दा धेरै नै गर्ने घोषणा गर्दै हिडेका छन्। कुसियत कार्यक्रमसँगै घरदैलो अभियान र साना–साना समूहलाई संगठीत गर्दै हिडेका छन्। कुसियत यसपटक जातीय साहनुभूति मत लिने मुख्य रणनीतिमा लागेका छन्।

दुवै नेता चुनाब जित्ने रणनीतिमा लागि रहँदा मन्त्री कार्कीका निम्ति पार्टीभित्रकै केही अगुवा नेता असन्तुष्ट छन्। खासगरेर, काँग्रेसको १४ औं महाधिवेसनमा काँग्रेसका नेता रामबहादुर बस्नेत, विजया कट्वाल, ताहिर अन्सारी र डिल्ली कार्कीलाई महाधिवेसन प्रतिनिधीमा पाखा लगाउँदा कार्कीले अभिभावकत्व भूमिका नगरेको गुनासो छ। डिल्लीलाई काँग्रेसले समानुपातिक उम्मेदवार बनाएपछि उनी मन्त्री कार्कीसँगै चुनाबी अभियानमा सक्रिय रहेपनि अरु निस्क्रिय छन्।

अर्कातिर गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन क्षेत्र नं.४ कै काँग्रेसका स्थानीय नेता नवराज बस्नेत, आजाद अन्सारी, शम्भु साह र सितोष पोखरेल बागी भएर वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। तिनीहरु सबै पराजित भएपनि सम्मानजनक मत ल्याएका थिए। यतिबेला निर्वाचनमा उनीहरु सबै निस्क्रिय हुँदा मन्त्री कार्कीलाई त्यसको केही हदसम्म असर पुग्नेछ। अर्कातिर जातिय आधारमा मुस्लिम समुदायलाई बढी च्यापेको मन्त्री कार्कीमाथि आरोप लाग्नाले चुनौती थपिएको छ।

एमाले नेता कुसियतमाथि पार्टीगत आन्तरिक असन्तुष्टि कम छ। तर, प्रदेश सरकारमा मन्त्री हुँदा आम जनतालाईं देखाउन लायक कुनै काम गर्न नसकेको र खासगरी २०६५ भदौं २ गते सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर मानववस्तीमा पस्दा पीडित भएकालाई तत्कालिन सरकारले राहत प्याकेजको कार्यक्रम घोषण गरेको थियो। त्यही राहत प्याकेजको कार्यक्रम अन्तर्गत सुकुम्बासीलाई काठ दिने निर्णय गरेकोमा कुसियतले विभागीय प्रदेश मन्त्री हुँदा कार्यान्वयन गर्न नसकेकाले गर्दा प्रभावकारी नेतृत्व दिन नसकेको आरोप लाग्ने गरेको छ।

अर्कातिर जनता समाजवादी पार्टीबाट असन्तुष्ट भएर खालिद हुसेन पनि चुनाबी प्रतिस्पर्धामा रहेकाले कार्की र कुसियत दुवैलाई असर गर्नेछ। मुस्लिम समूदायको मत बढी खालिदले प्राप्त गरे कार्की र जसपाको मत बढी खालिदले पाएमा कुसियतलाई असर पर्नेछ।

त्यसो त क्षेत्र नं ४ मा मतदानको अघिल्लो दिनको रातलाई निकै नै संवेदनशील र महत्वपूर्ण मानिन्छ। यही समयमा हुने चलखेलले उम्मेदवारको हार–जित निर्धारण गर्छ। केही जातिका गाउँका अगुवा नेता ‘माइजन’ बसेर निर्णय गर्छन अनि जातीय आधारमा मतदान गर्न आफन्तलाई सकुर्लर गर्ने चलन पनि रहेको छ। जातीय साहनुभूति मत प्राप्त भएको खण्डमा जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार गुलाबचन मुसहरले पनि सम्मानजनक मत प्राप्त गर्नेछन्। जसको असर काँग्रेसका कार्की र कुसियत दुवैलाई पर्नेछ।

२०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसका कार्की भोजपुरबाट झिनो मतान्तरले हारेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसे। २०७४ सालको निर्वाचनमा भने छ हजार ५९७ मत अन्तरले एमालेका रमेश श्रेष्ठलाई हराएर कार्की बिजयी भएका थिए। कार्कीले ३२ हजार ३४७ मत ल्याउँदा श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए।

कुसियतले २०७४ सालको निर्वाचनमा क्षेत्र नं ४ ‘क’ बाट बाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रेवती दुलाललाई पराजित गरेका थिए। कुसियत १६ हजार ६ सय ९० मत ल्याएर विजयी भएका थिए। दुलालले १५ हजार २८२ मत ल्याएका थिए।

यो क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। ०५१ सालको उप निर्वाचनमा भने एमालेका कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भइन्। त्यतिबेला एमालेबाट मुस्लिम नेता महफुज अनसारी उम्मेदवार थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाब जितेका थिए।

सुनसरी क्षेत्र नं ४ मा प्रदेशसभामा पाँच दलीय गठबन्धनबाट काँग्रेसका तर्फबाट क्षेत्र नं. ४ ‘क’ बाट सदानन्द मण्डल र एमाले–जसपा गठबन्धनबाट जसपाका पर्शुराम बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्र्तै, ४ ‘ख’ बाट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेसका हाजी इसराइल मन्सुरी र एमालेका अब्बास अन्सारीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

सुनसरी क्षेत्र नं. ४ को प्रनिनिधीसभामा कुल एक लाख २८ हजार ६५ मतदाता रहेका छन्। यस्तै, प्रदेश ४ ‘क’ तर्फ ७६ हजार ६३३ जना र ४ ‘ख’ तर्फ ६० हजार ४३२ जना मतदाता रहेका छन्।

प्रकाशित: १५ कार्तिक २०७९ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App