माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन आफ्नो लागि सबैभन्दा सहज भएको बताएका छन्।
आईतवार बिहान गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘गोरखा आउन पाएकोमा खुसी भएको छु, अहिले सम्मको निर्वाचन मध्ये मेरो लागि सबैभन्दा सहज ! एक ढंगले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्स जस्ता फिल गरेको छु।’
उनले अहिले जस्तो निर्वाचन पहिलो पटकहुन लागेको र आफु गोरखामा एउटा निश्चित सपना बोकेर आएको बताए। ‘आउने पाँच देखि १० वर्ष भित्र नेपालमा समृद्धीको नयाँ अभियान अगाडी बढाएर त्यसलाई सफल पार्न सकेनौँ भने राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्न गाहो हुन्छ’ उनले भने।
राजनीतिक परिर्वतन र क्रान्ती धेरै भएपनि जनताको जिबनमा परिर्वतन, शुसाशन र बिकासले गती लिएर जनतालाई परिर्वतनको औचित्य सिद्ध गर्ने कुरा भनेजस्तो गरी हुन नसकेको उनले बताए। शनिवार दिनभर आफ्नो निर्वाचन क्षेत्रमा मतदात भेटेका उनले यस अघि तयार भएको पूर्वाधार र बिकास निमाणलाई पूर्णता दिओस् भन्ने अपेक्षा सर्वसाधारण जनताले गरेको बताए। साथै उनले जनताले सडक सञ्जाल राम्रो होस् भन्ने चाहेको बताए।
शुक्रवार बेलुकी गोरखा १ को आरुघाटबाट मतदाता भेटघाट थालेका उनले शनिवार दिनभर भिमसेन थापा, बारपाक सुलिकोट, अजिरकोटमा भेटघाट गरे। आईतवार अजिरकोट, सिरानचोक र पालुङटारका बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा मतदाता भेटघाट गरिरहेका छन्।
प्रकाशित: १३ कार्तिक २०७९ ०७:१९ आइतबार