२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ: ओनसरी घर्ती

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्। 

सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशन समेत दिइन्।

पूर्वसभामुख समेत रहेकी घर्तीले भनिन्, ‘धेरैले यो क्षेत्र छोडेर जाने हो कि भनेर प्रश्न गरेका छन। मेरो हैसियतले अव भन्ने कुरा के रहन्छ भने मैले यो प्रश्नको जवाफ धेरै पटक दिएको छु–तपाईँसँगै रहन्छु। र, भोलीको मेरो प्रतिवद्धता यहाँकै जनताको सेवामा रहन्छु भन्ने भईंसकेपछि तपाईहरु आम जनताको बीचमा गएर अव तपाईँहरुले यो सन्देश प्रवाह गर्न पार्टीको तर्फबाट, मेरो तर्फबाट अनुरोध मात्रै होइन, अव त निर्देशन  हुन्छ म भन्न चाहन्छु। धेरै प्रसंगहरुमा, धेरै छलफलहरुमा हामीले यो कुरा भनिसकेको हुनाले मैले यो कुरा तपाईहरुलाई भन्नु चाहन्छु। जननिर्वाचित प्रतिनिधिहरुले धेरै कुराको प्रतिवद्धता गरेर आफू निर्वाचित भएको हुन्छ। आज पनि हामीले त्यो प्रतिवद्धता जाहेर गर्दै हिँडेका छौं। तपाईँ स्थानीय तहका जनप्रतिनिधिहरुले पनि धेरै यस्ता प्रकारणका प्रतिवद्धताहरु बाँडनु भएको छ। त्यो प्रतिवद्धता पूरा गराउनका लागि केन्द्रमा पहुँच पुर्‍याउने काममा मेरो सक्दो पहल रहनेछ।’

घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्। स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गराउन केन्द्रमा पहुँच पुर्‍याउन आफू समक्ष रहेको उनको भनाई थियो।

प्रकाशित: ७ कार्तिक २०७९ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App