८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन,अहिलेको आवश्यकता हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताएका हुन्। 

उनले कसैले प्रजातन्त्र बिरोधी कार्य गर्न पनि नसक्ने बताए। उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलापमा पनि कोही जान नसक्ने बताए। प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालिन समय भएकाले आपसमा झगडा गर्नु नहुने बताए। उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताए। उनले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताए।

प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे। देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे। उनले भने, ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो। रहरले बनेको होइन। शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन। अहिलेको आवश्यकताले बनेको हो। यो गठबन्धन अपरिहार्य थियो, छ र भोलिपनि रहनेछ। देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडी बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडी बढ्न सक्छ भन्ने लाग्छ मलाई।’

 चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आसपमा मिल्नुपर्ने बाध्यता भएको उनको भनाई छ। गठबन्धनका दलहरु बिच आपसमा एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले आग्रह गरे।

प्रकाशित: ७ कार्तिक २०७९ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App