९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

हामी चुनाव जित्छौँ, पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको बताएका छन्। काठमाडौँ क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यलय उदघाटन गर्दै उनले नेपाली आगामी निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको बताएका हुन्।

उनले निर्वाचनमा नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई पाँच वर्षको कार्य योजनासहित जनतामाझ जान समेत आग्रह गरेका छन्। निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भइ नेपाली काँग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउन समेत मतदाताहरूलाई आग्रह गरे।

नेपाली काँग्रेस एउटा निश्चित कार्य योजनासहित अगाडि बढेको परिपेक्षमा परिस्थिति बस गठबन्धनसहित निर्वाचनमा सहभागी हुन परेकाले मतदाताहरू विचलित नभइ निर्वाचनमा मतदान गर्न समेत थापाले आग्रह गरे। हामीले गरेका कामलाई जनताले पक्कै पनि मूल्यांकन गर्ने भएकाले।

पाँच वर्ष जस्तो सुकै परिस्थिति आएपनि नेपाली काँग्रेस सत्तामा पुगेपछि राम्रोसँग काम गर्ने समेत थापाले बताए। नेपाली काँग्रेसले निर्वाचनमा कुन-कुन पार्टीसँग गठबन्धन गरेका छन् भन्ने कुरा प्रष्ट छ तर, नेकपा एमालेले निर्वाचनमा कुन-कुन पार्टीसँगै गठबन्धन गरेको छ भनेर नेकपा एमालेका नेता कार्यकर्ताले समेत बताउन सक्ने अवस्था नरहेको थापाले बताए।

प्रकाशित: ४ कार्तिक २०७९ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App