१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बैतडीमा चुनावी सरगर्मी बढ्यो

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुवँर प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका बीरबहादुर बिष्ट र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका शिवराज भट्टले उम्मेदवारी दिएका छन्। जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभामा विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। तर कांग्रेसबाट प्रतिनिधिसभामा केशवबहादुर चन्द र प्रदेशसभा ‘क’ हरिमोहन भण्डारी बागी उठेपछि गठबन्धन दललाई  जित्न सहज छैन। प्रदेशसभा ‘क’मा समाजवादीबाट नरेन्द्रबहादुर बिष्टले पनि उम्मेदवारी दर्ता गराएपछि सत्तारुढ गठबन्धनलाई जित्न सहज नभएको राजनीतिक वृतमा विश्लेषण गर्न थालिएको छ ।

एमालेबाट प्रचिनिधिसभामा दामोदर भण्डारी प्रदेशसभा ‘क’ मा सुरेन्द्र पाल ‘ख’ मा लिलाधर भट्टले उम्मेदवारी दिएका छन्। निर्वाचनको तयारी स्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन्। प्रचारप्रसार समिति गठन गरी चुनावी प्रचारको लागि उम्मेदवारसहित नेता कार्यकर्ता गाउँ पस्न थालेका छन्।

सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवार खडा भएपछि त्यसबाट हुने क्षति रोक्न गठबन्धनले प्रयास गरिरहेको छ। कांग्रेसको उम्मेदवार नभएका कारण आफूले मत पाउने आसामा चन्द रहेका छन्। तर कांग्रेसले भने गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न सकुर्लर गरिसकेको जनाएको छ। यता सत्तागठबन्धन भित्रैको किचलोका कारण एमाले हौसिएको छ। गठबन्धन भित्रै बागी उम्मेदवार भएपछि निर्वाचन परिणाम आफ्नो पक्षमा आउने एमालेको आँकलन छ। गत वैशाखको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार कांग्रेसको पकड भए पनि पार्टीभित्र बागी उम्मेदवारले समस्या खडा गरेका छन्।

प्रकाशित: ३० आश्विन २०७९ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App