४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवा र प्रचण्ड(तस्बिरसहित)

संस्कृतविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दलका शीर्ष नेताहरु ललितपुर पुगेका छन्।

ललितपुर महानगरपालिका परिसरमा राखिएको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा  काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,निवर्तमान सभामुख अग्नि सापकोटा र वामदेव गौतम पुगेका हुन्।

 

 

किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर केही बेर राखिएको थियो। त्यसलगतै ललितपुर महानगरपालिका परिसरमा राखिएको हो। जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म महानगरको प्रांगणमा राखिने छ।

जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो।

प्रकाशित: ३० आश्विन २०७९ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App