२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरले फुटपाथमा बस्न नदिएको शर्मिलालाई एक महिनाको तलब दिने मेयर साम्पाङको घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेपछि सामाजिक सञ्जालमा छाएकीशर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्।

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे।'

काठमाडौं महानगरका मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए।

प्रकाशित: २८ आश्विन २०७९ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App