४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय सदस्य बोगटी र प्रदेश सदस्य शाहीले लिए स्वतन्त्र उम्मेदवारी फिर्ता

स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी र एमाले प्रदेश कमिटी सदस्य रंगमान शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। बोगटी र शाहीले बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

दुबै जनाले उम्मेदवारी फिर्ता लिने समय भित्रै पार्टीको आधिकारीक उम्मेदवार बल्देव रेग्मीलाई समर्थन गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता हुन्। शाही र बोगटीले प्रदेशसभाको टिकटको दाबी गरेका थिए।  

नेकपा एमालेले निवर्तमान प्रदेशसभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि शाही र बोगटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। बोगटीले आफै उम्मेदवारी दर्ता गराएका हुन् भने शाहीले वारेस नामा उम्मेदवारी दर्ता गराएका हुन्।  

पार्टी भित्र न्याय र सम्मान नभएपछि स्वतन्त्र उम्मेदवारी दिएको दुबै जनाको आक्रोश थियो। दुबै जनाले पार्टीको आधिकारी निर्णय मान्ने र आधिकारीक उम्मेदवारलाई विजयी गराउने यात्रामा लाग्ने उद्घोषसहित फिर्ता लिएका हुन्।  

बोगटीको प्रस्तावका एमाले जिल्ला कमिटी सदस्य छप्कीलाल बुढा र समर्थकमा लालबहादुर बोहरा थिए भने शाहीका प्रस्तावक अन्तिम शाही र समर्थक कटक शाही थिए। एमाले प्रतिनिधीसभा उम्मेदवार कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, बल्देव रेग्मी, रंगमान शाही लगायतका नेताहरु बसेर उम्मेदवारी फिर्ता गराएका हुन्।  

नेकपा विभाजन पछि बोगटी एमालेमै बसेका थिए। एमालेको चितवन महाधिवेशन पछि मनोनीत केन्द्रीय सदस्यको सूचीमा थपिएका बोगटी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चाज थिए। २०७० सालको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका बोगटीले साढे ५ हजार मत ल्याएका थिए।  

शाही एमाले बाजुराको उपाध्यक्ष, जिल्ला विकास समितिको उपसभापति र एमालेको प्रदेश कमिटी सदस्य हुन्। बाजुरा एमालेमा दुबै जनाको उम्मेदवारी फिर्ता पछि बलियो एकता देखिएको छ।  

एमाले भित्र राम्रो पडक भएकोले पार्टीले बल्देव रेग्मीलाई नै टिकट दिएको बताइएको छ। रेग्मी हाल प्रदेश कमिटी उपसचिव हुन्। यता समाजवादीले भने गठबन्धनको विरुद्धमा नरेश शाहीलाई प्रदेश क को उम्मेदवार बनाएको छ। गठबन्धमा प्रदेश क बाट माओवादी नेता कर्णबहादुर विकलाई उम्मेदवार बनाएको छ। तर उम्मेदवारी फिर्ता नहुने अडानमा समाजवादी लागेपछि विद्रोह हुने देखिएको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App