४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुकुममा एक जनाको उम्मेदवारी खारेज

तस्बिर : प्रेमप्रकाश ओली

रुकुम पश्चिमको प्रदेश (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ। बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो।

माओवादी केन्द्रका प्रदेश (ख) का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिन पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उम्मेदवारी खारेज गरेको हो। कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो।

अन्य कुनैपनि उम्मेदवारका विरुद्ध भने दाबि विरोध नपरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिए। गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो। यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो।

प्रकाशित: २५ आश्विन २०७९ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App