३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा १ सय २६ जना उम्मेदवार

कपिलवस्तुमा ५ दलीलय गठबन्धनबाट माआबोदी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेव, कांग्रेस ल्म्बिनी प्रदेश सदस्य सुरेन्द्रराज आचार्य र कांग्रेस नेता अभिषेक प्रताप शाहले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन। 

पार्टीका पुर्व डेपुटी कमान्डर समेत रहेको बलदेवले जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका हुन। पुर्व कृषि मन्त्री समते रहेका बलदेव २०७४ सालमा यही क्षेत्रबाट बिजयी भएका थिए। उता कांग्रेस  नेता तथा पुर्व सिचाई मन्त्री आचार्य जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन। 

२०७४ सालमा झिनो मत अन्तरले हारेका आचार्य यस पटक फेरी उम्मेदबार बनेका हुन। उता जिल्लाको क्षेत्र नम्बर ३ मा कांग्रेस नेता शाहले उम्मेदवारी दर्ता गराएका छन। लगातार ३ पटक सांसद बनेका शाह चौथो पटक सांसद बन्नका लागि उम्मेदवारी दिएका हुन। उता एमालेले क्षेत्र नम्बर १ बाट नेता बलराम अधिकारी, २ बाट बृजेश  कुमार गुप्ता र ३ बाट मंगल प्रसाद गुप्तालाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ। 

नेता अधिकारी दोश्रो पटक निर्वाचित हुने दाउमा उम्मेदबार बनेका हुन। उता नेता बुजेश कुमार गुप्ता लगातार पाचौ पटक जित्नकालागि उम्मेदवारी दिएका हुन्। पुर्व कानुन मन्त्री गुप्ता अहिले सम्म चुनाबमा हारेका छैनन्। नेता गुप्ता राप्रपा तमलोपा र स्वतनत्र समुह हुदै यस पटक एमालेबाट उम्मेदवार बनेका हुन्। उता एमाले नेता मंगल प्रसाद गुप्ता भने कांग्रेस, तमलोपा जसपा हुदै अहिले एमालेबाट चुनाव लडेका हुन्। 

उता कांग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा आईतावार मात्र जसपा छाडेका सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा उनी यही क्षेत्रबाट चुनाव जितेका थिए। उता एमाललले क्षेत्र नम्बर १ को १ मा नेता बिष्णु पन्थी र १ को २ मा मदुसुदनशरण चौधरीलाई उम्मेदवार बनाएको छ। उता कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ को १ मा पुर्व एएसपी बिक्रम सिंह थापा र २ को २ मा पुर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ।

एमालले क्षेत्र नम्बर २ को १ मा नवराज लामिछाने र २ को २ मा धरम बहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएको छ। गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ३ को १ मा एहसान खा र ३ को २ मा कांग्रेस नेता बिरेन्द्र कनौडियाले उम्मेदवारी दर्ता गराएका छन्। कनौडिया यस अघि २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। एमालेबाट क्षेत्र नम्बर ३ को १ मा अर्जुन केसी र जसपाका नेता अशोक यादवले उम्मेदवारी दर्ता गराएका छन्। केसी यस अघि २०७४ सालमा निर्वाचित भएका थिए। यस्तै लोसपाका रबिदत्त मिश्रा, नेकपा एसका नेता जिवलाल पौडेलले क्षेत्र नम्बर ३ को १ मा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेता अताउर रहमानले ३ को २ नम्बरबाट उम्मेदवारी दर्ता गराएका छन्।  

३ प्रतिनिनिधि र ६ वटा प्रदेश सदस्यको सिट संख्या रहेको कपिलवस्तुमा कुल १ सय २६ जना चुनावी मैदानमा होमिएका छन्। आईतावार भएको मनोनय पत्र दर्ता सयम सिमा भित्र प्रतिनिधि र प्रदेश सभा गरी कुल १ सय २६ जनाको उम्मेदवारी परेको हाे। जस मध्ये ७१ जना दलबाट र ५५ जना स्वन्त्र उम्मेदवार बनेका हुन्। क्षेत्र नम्बर १ मा कुल ४९ जना उम्मेदवार बनेका छन्। प्रतनिधि सभामा दलबाट १७ र स्वतन्त्र ५ गरी कुल २२ जना उम्मेदवार बनेका छन्। 

यस्तै सोही क्षेत्रको १ को १ नम्बरमा दलबाट ७ र स्वतन्त्र २ गरी नै जना उम्मेदवार भएका छन्। यस्तै सोही क्षेत्रको २ नम्बरबाट १२ जना दलबाट र ६ जना स्वतन्त्र उम्मेदवार छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा दलबाट ६ र स्वतन्त्र ५ गरी कुल ११ जना उम्मेदवार छन्। सोही क्षेत्रको २ को १ नम्बरबाट ४ जना दलबाट र ९ जना स्वतन्त्र उम्मेदवार छन्। यस्तै सोही क्षेत्रको २ को २ बाट दलबाट ७ र स्वतन्त्र ४ गरी कुल ११ जना उम्मेदवार छन्। प्रनिनिधि सभा क्षेत्र नम्बर ३ मा दलबाट ६ जा र स्वतन्त्र ६ गरी कुल १२ जना उम्मेदवार छन्। क्षेत्र नम्बर ३ को १ मा दलबाट ६ जना र स्वतन्त्र ८ गरी कुल १४ र क्षेत्र नम्बर ३ को २ बाट दलबाट ६ र स्वतन्त्र १० गरी कुल १६ जना उम्मेदवार बनेका छन्। 

प्रकाशित: २३ आश्विन २०७९ १७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App