१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लोसपालाई सात सिट

सत्ता गठबन्धन दलहरू महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १६ सिट दिन सहमत भएका छन्। सत्ता गठबन्धनले ठाकुर नेतृत्वको लोसपासँग सिट संख्या टुंगो लगाउने जिम्मेवारी नेपाली कांग्रेसलाई दिएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवासहित लोसपाका नेताहरूबीच शनिबार बिहानदेखि पटकपटक भएको छलफलमा सिट संख्या टुंगो लागेको हो। लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा २१ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले टिकट पाउनुपर्ने दाबी गर्दै आएको थियो। लामो छलफलपछि लोसपाले प्रतिनिधिसभामा ७ निर्वाचन क्षेत्र र प्रदेशसभामा १६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने सहमति भएको नेता लक्ष्मणलाल कर्णले बताए।

सत्ता गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी अलग भएपछि लोसपा गठबन्धनमा भित्रिएको हो।

सत्ता गठबन्धनभित्र भएको सहमतिअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ९१, माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले १९, लोसपाले ७ र राष्ट्रिय जनमोर्चाले २ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेछन्।  

प्रकाशित: २३ आश्विन २०७९ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App