९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल परिवार दलकाे अध्यक्ष ढकाललाई एमालेले बनायो समानुपातिक उम्मेदवार

नेपाल परिवार दलकाे अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकतासहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ।  

निर्वाचन आयोगमा पेश गरेको बन्द सूचीमा नेता ढकाललाई स्थायी कमिटी सदस्य रघुजी पन्त पछि २ नम्बरमा समावेश गरेको छ। एमाले र परिवार दल बीच गत आम निर्वाचन २०७४ मा पनि राजनीतिक सहकार्य भएको थियो भने गत स्थानीय निर्वाचनमा परिवार दलका उम्मेदवारले एमालेको सुर्य चिन्हबाट प्रतिस्पर्धा  गरेका थिए।  

गत मंसिरमा सम्पन्न परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले दुइ पार्टी बिचको सहकार्य थप मजबुद हुने घोषणा गरेका थिए। संबिधान सभाका सभासद समेत रहेका ढकाल ओली नेतृत्वको मन्त्रिमण्डलमा शान्ति तथा पुनर्निर्माण मन्त्री रहेका थिए।  

देशभरी सानो भएपनि चुस्त संगठन रहेको परिवार दलका अध्यक्ष ढकाल अन्तराष्ट्रिय स्तरमा समेत परिचित तथा प्रभावशाली व्यक्ति हुन्।  ढकाल सांसदहरुको अन्तराष्ट्रिय संस्था ूआइएपिपि ू को एशिया प्रशान्त क्षेत्रको संयोजक समेत हुन्।  

परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले दुइ पार्टी बिचको बिगत पाँच वर्षदेखिको सहकार्यले निरन्तरता पाएको प्रतिक्रिया दिँदै आगामी निर्वाचनमा सुर्य चिन्हमा बहुमत ल्याई नेकपा एमालेका अध्यक्ष केपी ओली लार्इ पुन प्रधानमत्री बनाई देशको आमुल विकास गर्न परिवार दल क्रियाशील रहने बताए। 

प्रकाशित: २२ आश्विन २०७९ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App