१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

चितवन १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाए टिकट

फाइल तस्बिर।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको टिकट पाएका छन्।  

यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन्।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ को ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीले टिकट पाएका छन्।।

चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार भने टुंगो लगाएको छैन। तर प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार हुने तय भएको छ। राप्रपासँगको तालमेलबारे कुरा भइरहेकाले  क्षेत्र नम्बर ३ मा उम्मेदवारको लगाउन सकेको छैन। प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट रामप्रसाद न्यौपाने एकल रूपमा सिफारिसमा परेका छन्। क्षेत्र नम्बर ३ राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको पनि क्षेत्र हो। राप्रपासँग तालमेल भएमा दुईमध्ये एकजना उम्मेदवार बन्नेछ।

प्रकाशित: २२ आश्विन २०७९ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App