८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले लगायो केही ठाउँमा उम्मेदवारको टुंगो,डडेलधुराबाट देउवा उठ्ने

फाइल तस्बिर

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि केही ठाउँमा उम्मेदवारको टुंगो लगाएको छ।  

राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले केही ठाँउको उम्मेदवारको टुंगो लगाएको हो। उम्मेदवार टुंगो लगाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाब लड्ने भएका छन्।

त्यस्तै प्रतिनिधिसभा तर्फ दार्चुलाबाट दिलेन्द्र प्रसाद बडु,बाजुराबाट बद्रीप्रसाद पाण्डे,अछाम २ बाट पुश्प शाह,मुगुबाट ऐनबहादुर शाहि,मनाङबाट टेक प्रसाद गुरुङ,तेह्रथुमबाट सीता गुरुङले चुनाब लड्ने भएका छन्।  

प्रदेश तर्फ भने जुम्ला (ख) बाट लतितजङ शाही,तेह्रथुम  (क) बाट सन्तोश सुब्बा र ताप्लेजुङ (ख) बाट खगेनसिंह हाङ्वाङले चुनाब लड्ने भएका छन्।  

प्रकाशित: २२ आश्विन २०७९ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App