८ वैशाख २०८१ शनिबार
राजनीति

बिहानदेखि बालुवाटारमा गठबन्धनको बैठक,जसपा अनुपस्थित

बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ दल गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित छ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे असन्तुष्टि जनाउँदै जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए। यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो।

जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ।

प्रकाशित: २१ आश्विन २०७९ ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App