६ वैशाख २०८१ बिहीबार
राजनीति

धनुषामा ४ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि धनुषामा चारवटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थपना गरिएको छ। चारवटा प्रतिनिधिसभा तथा आठवटा प्रदेशसभा निर्वाचन क्षेत्रको लागि बिहीवार चार ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मधेश प्रदेशका निर्वाचन अधिकारी श्रीधर पन्तीले जानकारी दिए।

उनका अनुसार १ नम्बरको लागि मुख्य निर्वाचन अधिकृतको रुपमा उत्तम प्रसाद खरेल तोकिएको छ भने धनुषाधाम नगरपालिका–३ राम मन्दिरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। त्यस्तै २ नम्बरको लागि मुख्य निर्वाचन अधिकृतको रुपमा धर्माअवतार कोइरला तोकिएको छ। विदेह नगरपालिका–१ तिनकौरिया बजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

धनुषा निर्वाचन क्षेत्र ३ को लागि मुख्य निर्वाचन अधिकृतको रुपमा धनुषा जिल्ला अदालतका न्यायाधीश तथा जिल्लाका मुख्य निर्वाचन अधिकृत समेत रहेका ब्रजेश प्याकुरेल तोकिएको छ। तेस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भने जनकपुरधाम उपमहानगरपालिका–४ स्थित निधि भवनमा स्थापना गरिएको छ।

धनुषा निर्वाचन क्षेत्र ४ को लागि मुख्य निर्वाचन अधिकृतको रुपमा सुदिप ढंगाल तोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भने क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा स्थापना गरिएको छ।

अगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि धनुषामा ३ सय २२ वटा मतदान केन्द्र कायम गरिएको मधेश प्रदेश निर्वाचन अधिकारी श्रीधर पन्तीले जानकारी दिए। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको जनकपुरधाममा एउटा मुख्य निर्वाचन अधिकृतको कार्यालय कायम गरिएको थियो।

प्रकाशित: २० आश्विन २०७९ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App