उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताए। उनले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य रहेको उल्लेख गरे।
उनले भने, ‘हाम्रो देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण छ। भाषा, साहित्य कला र संस्कृतिले समृद्ध छ। हाम्रो मौलिक संस्कृति विश्वमा नेपालको प्रमुख पहिचान तथा चिनारी बनेको छ। गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई स्थापित गर्ने प्रयास गरिरहेका छौँ। मानिस आफैँमा सांस्कृतिक प्राणी हो। भाषा, संस्कार, संस्कृति हाम्रो प्राण हो। एउटा उन्नत चेतनाको उपज पनि हो। उन्नत चेतनाले सधैँ आफ्नो माटोमा फलेको फुलेको भाषा,संस्कार, संस्कृतिको जगेर्नाको समृद्धिमा ध्यान दिन्छ। हामी मानिस हाम्रो भाषा, संस्कृति र संस्कारबाट अलग हुन सक्दैनाैं। हामीले देशको पहिचान जोगाइ राख्न राष्ट्रिय एकतालाई सुदृढ गर्न देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न हाम्रो भाषा, संसकार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य छ ।’
उपराष्ट्रपति पुनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण रहेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताए।
प्रकाशित: ९ आश्विन २०७९ १३:५० आइतबार