२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अख्तियारको ‘फरार’ सूचिमा थिए पत्रकार दीक्षितः नियन्त्रणपछि वीर अस्पताल लगियो

काठमाडाैं-साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर पाटनस्थित उनकै घरबाट नियन्त्रणमा लिएको छ। उनी पछिल्लो समय अख्तियारमा हाजिर हुन गरिएको पत्राचार र आग्रह अटेर गरेर अख्तियारको नजरमा ‘फरार’ जस्तै बनेका थिए। स्वयं उपस्थित हुन इन्कार गरेपछि अख्तियारबाट खटिएको प्रहरी टोलीले दीक्षितलाई शुक्रबार दिउसो पक्राउ गरेको अाख्तियार श्रोतले जनाएको छ।

श्रोतकाअनुसार दीक्षितको स्वास्थ्य परीक्षण पछि उनलाई हिरासतमा राखिनेछ। शुक्रबार हिरासतमा लिइएका दीक्षित अख्तियार कार्यालयबाट उनलाई स्वास्थ्य परीक्षणकालागि बीर अस्पताल लगिएको थियो। नियन्त्रणमा लिएका व्यक्तिको स्वास्थ्य परीक्षण गराउनु अनुसन्धानको प्रारम्भिक प्रकृया हो। उनलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने तयारी रहेको छ।

तर अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले भने यसबारे खुलाउन चाहेनन्। 'अख्तियारले दैनिक आफ्नो काम गरिरहेको छ, छानविन र अनुसन्धानकालागि कसैलालाई नियन्त्रणमा लिनु नियमित प्रक्रिया हो।' पुष्करले नागरिकन्युजसँग भने 'यसबारे अहिले धेरै जानकारी दिन असमर्थ छु।'

यसअघि नै अख्तियारले दिक्षितलाई पत्र काटेको थियो। उनको सम्पती छानबिन गरिरहेको सन्दर्भमा दीक्षित पक्राउ परेका हुन्। पछिल्ला चरणका पत्राचार र अाग्रहमा दीक्षितलई अाख्तियारमा हाजिर हुन निर्देशन थियो। तर उनले अख्तियारको अादेश अटेर गरेको भन्दै प्रहरी नै खटाएर नियन्त्रणमा लिइएको अख्तियार श्रोतले जानकारी दियो। अकुत सम्पती अार्जन गरेको भन्दै उनीमाथि छानविन थालिएको थियो। दीक्षितलाई प्रहरी टोलीले पाटानबाट नियन्त्रणमा लिएपछि गाडीमा राखेर दिउसो २ः३० बजे अख्तियारको कार्यालय पुर्याएका थिए। अख्तियारको कार्यालयमा माथिल्लो तलामा लगेपछि दीक्षितसँग केहीबेर सोधपुछ गरिएको थियो।

दीक्षित पक्राउ बारे अख्तियारको विज्ञप्ति

Kanak

प्रकाशित: १० वैशाख २०७३ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App