१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक रोक्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट

नागरिकता विधेयक रोक्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ।

यस्तै निवेदनमा राष्ट्रपति कार्यालय सहित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई पनि विपक्षी बनाइएको छ।

नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले उक्त विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी वरिष्ठ अधिवक्ता भण्डारीले निवेदन पेश गरेका हुन्। मंगलबाट स्थगित भएको निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ। 

प्रकाशित: ४ आश्विन २०७९ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App