४ वैशाख २०८१ मंगलबार
राजनीति

नागरिकले सजिलै उपचार पाउने अवस्थामा देशलाई पुर्‍याउने एमालेको उद्देश्य होः ओली

मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवालाई गुणस्तर शिक्षाको अवसर दिँदा, उनीहरुलाई आफ्नै खुट्टामा उभिएर उत्कृष्ट जीवनयापन गर्ने अवस्था निर्माण गर्न एमाले सक्रिय रहेको बताएका छन्।

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए।

सोही क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए।

उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए।

अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताए।

प्रकाशित: ३ आश्विन २०७९ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App