१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताको जीविकोपार्जनलाई सहज गर्न आर्थिक क्रान्ति आवश्यक: नेता सिंह

फाइल तस्बिर

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्।  

आइतबार नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन्।  

उनले संविधान अनुरुप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरु समयमै बनाउनुपर्ने बताए। प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाइ थियो। नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभुत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने बताए।  

सरकारले देशभरका वडाहरुमा क्लिनिक स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने उनले बताए। त्यस्तै बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि सबै निर्वाचन क्षेत्रमा तालिम केन्द्र स्थापना गर्नुपर्नेमा उनको जोड थियो।  

प्रकाशित: २ आश्विन २०७९ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App