२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद सुवालको प्रश्नः डेंगुले जनताको मृत्यु भइरहेको छ, अस्पतालमा शैया छैन्, स्वास्थ्य मन्त्रीज्यू के छ त देशको स्थिति?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेंगु रोग नियन्त्रण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ असफल भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले रोग नियन्त्रण गर्न मन्त्री खापुङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। सांसद सुवालले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरसफाईको काम समेत गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनले भने, ‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन्। अस्पतालहरुमा शैयाको अभाव छ। स्वास्थ्य मन्त्रीज्यू के छ देशको स्थिति यो त महामारीको रुपमा फैलिँदै छ। र, स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु। जनताको मृत्यु भईरहेको छ डेंगुको कारण। यो सामान्य रोग हो। सरसफाई भईदिएको खण्डमा यो रोगबाट जनताको मृत्य नहुने पर्ने हो तर सरसफाई पनि स्वास्थ्य मन्त्रालयले नगरेको देखियो।’

प्रकाशित: २९ भाद्र २०७९ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App