७ वैशाख २०८१ शुक्रबार
राजनीति

निलम्बित प्रधानन्यायधीश राणालाई ४२ प्रश्न सोधियो, पुरक प्रश्नहरु सोध्न बाँकी

संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको पूर्व निर्धारित ४२ प्रश्नको बयान मंगलबार सकेको छ। तर पुरक प्रश्नहरु सोध्न बाँकी रहेको समिति सदस्यहरुले जानकारी दिएका छन्।

‘हामीले पूर्व तयारी गरेका ४२ प्रश्नमा बयान लियौं। तर यसबीचका बयानमा उठेका बिषयवस्तुहरुबारे थप प्रश्नहरु गर्नुपर्ने देखिएको छ। त्यसैले पुरक प्रश्नहरु सोध्न बाँकी छ’, संसदको महाभियोग सिफारिस समितिका सदस्य कृष्णभक्त पोखरेलले नागरिकन्यूजसँग भने।

उनका अनुसार मंगलबारसम्म राणाले ४२ वटा प्रश्नहरुका उत्तर दिएका छन्। उनले दिएका उत्तर र प्रतिप्रश्नहरु लिपिवद्ध गर्ने काम भइरहेको छन्। त्यो तयार भएपछि त्यसको अध्ययन गरेर पुरक प्रश्नहरु तयार गरेर समिति बयानका लागि फेरी अगाडि बढ्छ। र, समितिले त्यही अनुसार राणाले बयानमा नाम लिएका व्यक्ति र ती व्यक्तिसँग जोडिएका मुद्दाहरु तथा सम्बन्धित कागजातहरु झिकाउनेछ।

राणाले आफ्नो बयानका क्रममा विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधीहरुलाई विभिन्न किसिमका आरोप लगाए। र, उनले आरोप लगाएका व्यक्तिहरुलाई समेत समितिले बयानका लागि ढाक्ने योजना बनाइरहेको छ।

राणाले आफ्नो बयानका क्रममा नाम लिएका नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीशलगायतलाई समितिले बोलाउने योजना बनाएको हो। निलम्बित राणालाई समितिले ४२ वटा प्रश्नहरु तयार गरेर भदौ १५ गतेबाट बयान लिन सुरु गरेको थियो।

प्रकाशित: २८ भाद्र २०७९ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App