१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. केसी अनसन बस्नपर्नु लज्जाको विषय हो: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसी २०औं पटक अनसन बस्नु राज्य र सबैको लागि लज्जाको विषय भएको बताएका छन्।

भट्टराईले डा. केसीसँगको एक फोटो आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत राख्दै मंगलबार उनले उक्त कुरा बताएका हुन्।

‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ भट्टराईले लेखेका छन्। ‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? वेलैमा सोचौं,’ भट्टराईले भने। 

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन्।

प्रकाशित: २८ भाद्र २०७९ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App