२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं क्षेत्र नम्बर-२ मा अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नम्बर-२ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।  

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो। लामो समयदेखि यसै क्षेत्रबाट सांसद नेपालको क्षेत्रबाट उम्मेदवारी घोषणामा चुनौती देखिएको छ  

उम्मेदवारी घोषणा गर्दै अधिकारीले हालको राजनीतिक व्यवस्थामा चुनौतीको चाङ रहेको बताए। कानुन व्यवसायी समेत रहेका उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए। मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन्।

यसै क्षेत्रका स्थानीय बासिन्दा समेत रहेका उनी तार्किक, बौद्धिक तथा स्पष्ट वक्ता मानिन्छन्। समाजशास्त्रमा  त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेका उनी समाजसेवी तथा शिक्षाप्रेमीका रुपमा पनि चिनिन्छन्। उनले त्रिविबाटै ‘आर्टिफिसियल इन्टिलिजेन्स एण्ड इम्प्लोइमेन्ट’ भन्ने शीर्षकमा विद्यावारिधी ९पिएचडी० गरिरहेका छन्।  

संसद लगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले वर्तमान संसदीय व्यवस्था भित्रका विकृतीका बारेमा विरोध गर्ने बताए। राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने उनी बताउँछन्।  

चुनावमा अन्य राजनीतिक दलहरुबीच कसलाई उम्मेदवार बनाउने बहस भइरहँदा उनको यस्तो घोषणाले शुभचिन्तक पनि आश्चार्यमा परेका छन्। उनले आफनो उम्मेदवारी राजनीतिकभन्दा पनि विकासका लागि भएको बताउँदै आएका छन्।  

‘व्यवस्था फेरिए, व्यक्ति फेरिए तर जनताको अवस्था फेरिएको छैन,’ त्यसैले मैले उम्मेदवारीको घोषणा गरे अधिकारीले बताए।  

प्रकाशित: २६ भाद्र २०७९ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App