आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। विशेष कारणवस बैठक बस्न नसकिने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जनाएको हो।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गरेर स्थगित बैठक भदौ २९ गते बुधबार बिहान ११ बस्ने गरी तय गरिएको जानकारी गराएका छन्।
प्रकाशित: २५ भाद्र २०७९ ०५:४८ शनिबार