१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा कास्कीबाट प्रदेश ‘ख’ मा गिरी सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस भएको छ।

कास्की –२ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुङ, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन्। केन्द्रीय उपाध्यक्ष गुरुङको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत सिफारिस भएको छ। त्यस्तै प्रत्यक्षतर्फ प्रदेश क मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुंग, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाँई र जिल्ला सविच भानु भण्डारी क्षितिजको नाम सिफारिश भएको छ। प्रदेश ख तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरी सर्वसम्मत सिफारिशमा परेका छन्।

त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ रोमबहादुर भण्डारी, बिष्णुकुमारी गुरुंग, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेल गरि ६ जनाको नाम सिफारिश भएको छ। प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिश भएको राप्रपा कास्की क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिएका छन।

प्रकाशित: २३ भाद्र २०७९ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App