coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद, छुट्टाछुट्टै उपलब्धी सार्वजनिक

टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद देखिएको छ। उनीहरु दुबै जनाले छुट्टाछुट्टै ढंगले एक सय दिनको उपलब्धी सार्वजनिक गरेपछि विवाद सार्वजनिक भएको हो।  

टीकापुर नगरपालिकाको लेटरप्याड प्रयोग गर्दै प्रमुख रामलाल डगौरा थारुले भदौ १६ गते १७ बुँदे र उपप्रमुख खडकबहादुर शाहले भदौ १४ गते १५ बुँदे उपलब्धी सार्वजनिक गरेका छन्। उनीहरु दुबै जनाले सार्वजनिक गरेका उपलब्धीका केही बुँदामा भने समानता छ।

प्रमुख र उपप्रमुखको छुट्टाछुट्टै उपलब्धी सार्वजनिकले उनीहरुबीच विवाद रहेको प्रष्ट हुन्छ। दुबै जना अलगअलग पार्टीबाट विजयी भएका हुन्। प्रमुख डगौरा नागरिक उन्मुक्ति पार्टी र उपप्रमुख शाह नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन्। प्रमुख डगौरा स्थानीय तहको निर्वाचन अघि नेकपा माओवादी केन्द्रबाटै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

उनी यसअघि नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. ७ का वडाध्यक्ष रहेका थिए। तर प्रमुख र उपप्रमुखले त्यस्तो विवाद नरहेको दाबी गरेका छन्। प्रमुख डगौराले विवाद झल्किने गरी नागरिकस्तरमा म्यासेज भने गएको बताए। उनले उपप्रमुखले आफ्नो काम कर्तव्य र अधिकार बिर्सेको बताए। ‘उहाँले सिस्टम बुझ्नु पुथ्र्यो। बुझ्नु भएन कि बुझ्न चाहनु भएन’ उनले भने–‘सिस्टम बुझेको भए यस्तो म्यासेज बाहिर जाने थिएन।’

उनले उपप्रमुख राजनीतिक विचारले निर्देशित भएको महशुस भैरहेको बताए। उनले आफ्नो अनुपस्थितिमा उपप्रमुखले यस्तो काम गरेको भए स्वभाविक मान्न सकिने बताए। उपप्रमुख शाहले संयुक्त रुपमा उपलब्धी सार्वजनिक गरेको भए राम्रो सन्देश जाने बताए। उनले प्रमुखबाट समन्वय नभएका कारण आफ्नो अग्रसरतामा भएका काम सार्वजनिक गरेको बताए।

‘प्रमुखबाट त्यस्तो समन्वय हुने गरी पहल हुन सकेन’ उनले भने–‘मैले एक्लै भएपनि आफ्नो कुरा राखे। यसमा कुनै अन्यथा छैन।’ उनले आफ्नो अग्रसरता राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने विषय भएकाले पनि स्वभाविक रुपमा बुझ्नपर्ने बताए। उनीहरुबीचको विवाद सार्वजनिक भएपछि नागरिकस्तरमा टिका टिप्पणी सुरु भएको छ।

प्रमुख र उपप्रमुखबीचको विवादले नगरपालिकाका कामकारवाही समेत प्रभावित हुने देखिन्छ। नगरपालिकामा कर्मचारीहरुबीच पनि निकै ठूलो विवाद छ। विगत पाँच वर्षमा कर्मचारीहरुको विवादले कतिपय काम सम्पन्न हुन सकेनन्। प्रमुख र उपप्रमुखबीच देखिएको विवादले कर्मचारीहरुलाई झन विभाजित गर्ने सम्भावना बढेर गएको छ।

प्रकाशित: १७ भाद्र २०७९ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App