१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बैतडीबाट एमालेका दामोदर भण्डारीको एकल उम्मेदवार सिफारिस

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ।  

बिहीबार साँझ बसेको जिल्ला कमिटीको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए। एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट एक जनाको नाम मात्रै सिफारिस भएकाले भण्डारी उम्मेदवार हुने पक्का भएको हो।

एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद रहेका छन्। गएको चुनावमा उनले बाम गठबन्धनबाट निर्वाचन जितेका थिए। यस्तै यो भन्दा पहिला उनले संविधानसभा सदस्यको निर्वाचनमा समेत जित हासिल गरेका थिए।

यस्तै क्षेत्रीय कमिटी बैठकले प्रदेश सभा क्षेत्र नं.(क) मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ भने प्रदेश सभा क्षेत्र नं. (ख) मा पार्टीका जिल्ला सह–इन्चार्ज एवम् केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ। उम्मेदवारको नाम सर्वसम्मत सिफारिस भएकाले अब जिल्लाले प्रदेश कमिटी र प्रदेशले केन्द्रिय कमिटीलाई नाम सिफारिस गर्नेछ।

प्रकाशित: १७ भाद्र २०७९ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App