१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘गिरि अनुसरणीय नेता’

फाइल तस्बिर

 नेपाली कांग्रेसका नेताहरूले पार्टी नेता प्रदीप गिरिलाई एक महान दार्शनिकर समाजवादी नेता भएको स्मरण गरेका छन्। गिरिको निधन भएको १३औं दिनको पुन्य तिथिको अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले उनको सादा जीवनको सबैले अनुसरण गर्नुपर्ने बताएका हुन् ।

नेता गिरि ज्ञानको भण्डार नै भएको स्मरण गर्दै कांग्रेस सभापतिसमेतरहेका प्रधानमन्त्री शेरबादुर देउवाले एउटा किताब पल्टाएपछि नसकिएसम्म पढ्ने बानिरहेको सुनाए। ‘उहाँ (प्रदीप गिरि) एउटाराजनीतिज्ञ वा समाजवादी चिन्तकमात्रै होइन,’ देउवाले भने, ‘उहाँ महान दार्शनिक पनि हो ।’ गिरि नेपाली कांग्रेसलाई मात्र नभएर विश्वकै समाजवादी आन्दोलनमा महत्वपूर्ण योगदान दिएको पनि देउवाले स्मरण गरे। गिरिको अभाव पार्टीले मात्र होइन नेपालीराजनीतिले चिरकालसम्म खड्कीने धारणाराख्दै देउवाले भने, ‘मलाई त उहाँजस्तो विद्वान् अब हामीसँग हुनुहुन्न जस्तो लाग्छ ।’

कांग्रेस नेतारामचन्द्र पौडेलले नेता गिरिराजनीतिमा मात्र नभएर साहित्य, इतिहासर दर्शनहरूमा उत्तिकै जानकार नेता भएको स्मरण गरे। सत्तासँग नेता गिरि संधै टाढारहेको स्मरण गर्दै मुलुकको सुशासन,राष्ट्रियतार जनताको हितमा सधंै खरोरूपमा प्रस्तुत हुने गरेको बताए। कांग्रेसले मात्र होइन सिंगो देशले एउटा असलराजनीतिज्ञ, साहित्यकारर दर्शनका ज्ञाता गुमाएको बताए।  

कार्यक्रममा सहभागी विभिन्न नेताहरूले गिरिको जीवनकालका विभिन्न पाटार पक्षहरूका बारेमा चर्चा गरेका थिए। 

प्रकाशित: १७ भाद्र २०७९ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App