कोषाध्यक्षमा पौडेल प्यानलकी सीतादेवी यादव र देउवा प्यानलकी चित्रलेखा यादबबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ। सुरुमा सीतादेवीले अग्रता लिए पनि करिब १ हजार मत गणना गर्दा चित्रलेखाले अग्रता लिइरहेकी थिइन्। अहिले पुनः सीतादेवीले अग्रता लिएकी छिन्।
महामन्त्रीमा शशांक कोइरालाले ६०४ मत पाएका छन्। दोस्रो स्थानमा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले ४५५ मत पाएका छन् भने कृष्ण सिटौला प्यानलका गगनकुमार थापा २८५ मत पाएर तेस्रो स्थानमा छन्।
यसैगरी कोषाध्यक्षमा सीतादेवी यादबले १० मतले अग्रता लिएकी छिन्। सीतादेवीको ६२७ मत रहेको छ भने उनकी निकटम प्रतिद्वन्द्वी देउवा प्यानलकी चित्रलेखा यादबको ६१७ मत रहेको छ। तेस्रो स्थानमा रहेका उमाकान्त चौधरीरले १४५ मत पाएका छन्। अर्का उम्मेदवार कृष्ण कार्कीले २७ मत पाएका छन्।
प्रकाशित: २५ फाल्गुन २०७२ ०५:१० मंगलबार