प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका छन्। उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए।
त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरुको जाहेज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए।
प्रकाशित: १३ भाद्र २०७९ ०७:२७ सोमबार