१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाल बारले बुझायो महाअभियोग सिफारिस समितिलाई ३४ बुँदे पत्र

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको बनेको संसदको महाभियोग सिफारिस समितिलाई महाअभियोग पुष्टि हुने ३४ बुँदे पत्र बुझाएको छ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने  प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन्।

बारको ज्ञापनपत्रमा , ‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ।’ भनी उल्लेख गरिएको  छ। 

प्रकाशित: १२ भाद्र २०७९ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App