१६ चैत्र २०८० शुक्रबार
राजनीति

माओवादी अध्यक्ष प्रचण्ड धरानमा

प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बैठक, जेबी टुहुरे स्मृति सन्ध्यामा पनि सहभागी हुने

फाइलतस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धरान पुगेका छन्।

धरानमा दुई वटा कार्यक्रममा उनी सहभागी हुने माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम धरानमा प्रदेश नं १ का केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन्। 

उक्त बैठक धरान १५ स्थित होटल धरान किचनमा हुने तयारी छ। उक्त कार्यक्रममा सहभागी भएपछि दिउँसो करिब ४ बजे प्रचण्ड धरानको भानुचोकमा आयोजित जनवादी गायक जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा सहभागी हुने अध्यक्ष भट्टराईले जानकारी दिए।  

धरान आउदा प्रचण्ड श्रमदान वा वृक्षारोपण कार्यक्रममा पनि सहभागी हुने चर्चा भएपनि औपचारिकरुपमा पार्टीको यस्तो कार्यक्रम नभएको माओवादी केन्द्रका धरान अध्यक्ष भट्टराईले जानकारी दिए। ‘अहिलेसम्म अध्यक्ष ज्यु प्रदेश १ को केन्द्रीय सदस्यहरुको बैठक र जेबी टुहुरे स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने पार्टीलाई जानकारी छ। अरु कार्यक्रमबारे थाह छैन,’धरान अध्यक्ष भट्टराईले भने,‘प्रतिष्ठानले जेबी टुहुरेको स्मृतिमा कतै विरुवा रोप्ने कार्यक्रम बनाएको छ भने त्यो थाह भएन।’

जेबी टुहुरे स्मृति फाउण्डेशनको आयोजनामा आज भानुचोकमा कार्यक्रम हुदैछ। धरानबाट गीत, संगीतको यात्रा प्रारम्भ गरेका जेबी टुहुरे (जुठबहादुर खड्गी)को स्मृतिमा स्रष्टा सम्मान पनि गरिने भएको छ। प्रतिष्ठानले रचनाकार तथा गीतकार लव प्रधानलाई सम्मान गर्ने जनाएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App