१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ७ दिने सफाईसहितको स्पष्टीकरण सोधेको छ।

आयोगले स्थानीय तहको निर्वाचन २०७९ मा उम्मेदवार भइ तोकिएको समयभित्र नबुझाउने र तोकिएको समय सकिएपछि खर्च विवरण बुझाउने उम्मेदवारहलाई तोकिएको समय भित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाउनु भएको हो? भनेर प्रश्नसहित स्पष्टीकरण लिएको छ।

आयोगले तोकिएको समयभित्र खर्च विवरण नबुझाएकोमा तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो? सो सम्बन्धमा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ४ बमोजिम भदौ १ गतेका मितिले ७ दिनभित्र आफ्नो सफाईसहितको स्पष्टीकरण सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोग नेपालमा पेश गर्न आयोगले भनेको छ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बील भरपाइसहित आयोगले तोकेको कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ। आयोगले खर्च विवरण नबुझाउनेहरुको नामावली आफ्नो वेवसाईटमार्फत् सार्वजनिक गरेको पनि जनाएको छ।

प्रकाशित: १ भाद्र २०७९ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App