८ वैशाख २०८१ शनिबार
राजनीति

मंसिर ३ मा १८ वर्ष पुगे मतदान गर्न पाइने

फाइल तस्बिर

निर्वाचन आयोगले आगामी मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने निर्णय गरेको छ। आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा साउन १९ सम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने बताएका हुन्।  

‘साउन १९ गते (निर्वाचन घोषणा भएको दिन) सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न नपाउने कानुनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्। उनका अनुसार आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचनसम्बन्धी कामकारबाहीको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगले इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ। 

प्रकाशित: ३० श्रावण २०७९ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App