१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रतिनिधि सभा बैठक: विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गरिने

फाइल तस्बिर

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।  

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।  

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गरिदै छ।

त्यस्तै दोस्रो जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै आजको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमाथि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: २४ श्रावण २०७९ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App