४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

अन्य पार्टीको नाडी चलुन्जेलसम्म हाम्रो पार्टी प्रवेश चलिरहन्छ: ओली

सम्बोधनपछि मन्च नजिकै रहेको बच्चालाई काखमा राखेर फोटो खिचाउँदै ओली।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा आबद्ध दलहरुको नाडी र सास चलुन्जेल पार्टी प्रवेश जारी रहने बताएका छन्।

सदरमुकाम गौरमा पार्टी प्रवेश एवं बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले यो प्रवेश अन्तिम नभइ निरन्तर जारी रहने बताएका हुन्। 

लोसपा नेपालका केन्द्रीय महासचिव एक गौर नगरपालिकाका मेयर अजय गुप्ता, लोसपाका संविधान सभा सदस्य चन्दन साह, काङ्ग्रेसका जिल्ला सचिव राजेश चौधरीसहित करिब पाँच हजार नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले अरु पार्टीको नाडी र सास चलुन्जेल एमालेले पार्टी प्रवेश जारी राख्ने बताएका छन्।  

जनताले विश्वास गरे एमाले अगामी निर्वाचनमा पहिलाे पार्टी हुने र बहुमतको सरकार बनाउने दाबी गरे। 'सबै जनताले भोट दिन्छन्, सरकार हाम्रो बनिहाल्छ' ओलीले जनसभामा भने।  

ओलीले देशमा नेकपा एमाले बिगतको चुनावमा एक नम्बर भएकाे बताए। अब हुने चुनाबमा पनि एमाले एक नम्बर पार्टी बन्ने ओलिले ठोकुवा गरेका छन्। एमालेले ल्याएको समृद्ध नेपाल सुखी नेपाली नाराका साथ अगाडि बढीरहेको बताए।

प्रकाशित: २३ श्रावण २०७९ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App