coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्जो आबेसँग भेट्ने इच्छा थियो: प्रचण्ड

५ दिने जापान भ्रमणका लागी जापान आईपुगेका माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने आफ्नो धोको पुरा नभएकोमा दुःख व्यक्त गरेका छन्।

टोक्योस्थित नारिता विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानका पूर्व प्रधानमन्त्रीसँग पटक पटक कुरा भएको स्मरण गरे।

मलाई जापानका पूर्व प्रधानमन्त्री आबेसँग भेट्ने धोको थियो सञ्चारकर्मीहरू सँग उनले भने 'जापानमा घटेको दुःखद घटनाले मेरो धोको पुरा भएन। उनले पूर्व प्रधानमन्त्री आबे नेपाल प्रति अत्यन्तै सकारात्मक रहेको समेत बताए। नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख 'डोनर देश'  जापान भएको बताए।

उनले जापानमा नेपालीको अवस्था कस्तो छ त्यो बुझ्ने नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन समेत गर्ने बताए।

प्रकाशित: २१ श्रावण २०७९ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App